बुधवार , मंसिर २४, २०८२
भैरहवा, २४ मंसिर । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
रज्जाक हाल लुम्बिनी प्रदेश सभा सदस्य समेत हुनुहुन्छ । उहाँ काँग्रेस रुपन्देहीको पूर्व जिल्ला सभापति समेत भइसक्नुभएको छ ।
क्षेत्रीय कार्यसमितिले रज्जाकसहित हिरा बहादुर खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रत्यक्षतर्फ उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरिएको काँग्रेस रुपन्देही–१ का क्षेत्रीय सभापति हिरा बहादुर खत्रीले बताउनुभयो ।
समानुपातिकतर्फ गंगा शाही, मणि प्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम उम्मेदवारमा सिफारिस गरिएको क्षेत्रीय सभापति खत्रीले जानकारी दिनुभयो । शाही काँग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij