बुधवार , मंसिर २४, २०८२
भैरहवा, २४ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयले श्री भैरव युवा क्लब नयाँ गाउँ, रानी गाउँलाई जर्सी हस्तान्तरण गरेको छ ।
मंगलबार वडाअध्यक्ष उज्जवल पोखरेल, वडा सदस्य मिन बहादुर गुरुङ र हरिमाया गुरुङले पक्लिहवा माध्यमिक विद्यालयको खेलमैदानमा उक्त जर्सी क्लबलाई हस्तान्तरण गर्नुभएको हो ।
जर्सी क्लबका अध्यक्ष याम बहादुर थापा, कोषाध्यक्ष श्रद्धा गुरुङ र ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता–२०८२’ का संयोजक शक्ति गुरुङलाई हस्तान्तरण गरिएको थियो । मंसिर २० देखि सुरु भएको फुटबल प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजन सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयले गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij