२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीद्वारा प्रदर्शन

बुधवार , मंसिर २४, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, २३ मंसिर । डिसेम्बर ९ अर्थात भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा रुपन्देहीको बुटवलमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । 

    बुटवलको देवीनगरस्थित चौपारी परिसरमा ‘आर्थिक दण्डहीनता अन्त्य गर, भ्रष्ट शिर्ष नेतालाई कारवाही खोई ?, शिर्ष भ्रष्ट पात्रलाई कारवाही गर्नु सुशासनको माग, भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो, नयाँ सरकार पनि पुरानै मार्गमा किन ? लगायतका नारासहित प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

    प्रदर्शनमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय पूर्व सभापति गोविन्द खनाल, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य, केन्द्रिय सचिव डिपी खनाल, उच्च अदालत बुटवल इजलास बार एशोसिएसन अध्यक्ष गोविन्द मरासिनी, पारदर्शी सरोकार समुह बुटवलका अध्यक्ष लालहरी पाण्डे, लुम्बिनी बाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जि.सी., जिल्ला सभापति अर्जुन ज्ञवाली लगायतले बोल्नुभएको थियोे ।

    शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, जिल्ला सह-सचिव तथा कार्यक्रम संयोजक अर्जुन कुवरको स्वागत तथा जिल्ला सचिव लीलाधर लुइँटेलको सञ्चालन  एवं  शान्ति समाज जिल्ला उपसभापति कृष्ण पाण्डे, कोषाध्यक्ष मोहनीलाल न्यौपाने , जेष्ठ नागरिक संघ अध्यक्ष बाबुराम खनाल, तेजस्वी सहकारीका अध्यक्ष भोज बहादुर केसी, नविन औद्योगिक विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेत, शान्ति समाज रुपन्देहीका कार्यसमिति सदस्य, आजीवन सदस्य, साधारण सदस्य, बुद्धिजीवी, नागरिक अगुवा, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति थियो ।

    कार्यक्रममा बोल्दने वक्ताहरुले भ्रष्टाचारलाई निरुत्साहित गर्न सरकारले विधिको शासन अक्षरस पालाना गर्नुपर्ने औल्याउनुभयो । उहाँहरुले भ्रष्टाचारीलाई कानूनी कठघरामा अविलम्ब उभ्याउनुपर्नेमा जोड दिनुभयो ।