२०८२, मंसिर २४ गते

Dec 10 2025 | २०८२, मंसिर २४ गते

सक्रिय राजतन्त्रसँग सहमत छैनौँ : धवल शमशेर जबरा

मंगलवार , मंसिर २३, २०८२

  • 508
    Shares
  • 508
    Shares
  • काठमाडौं, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताउनुभएको छ । 

    मंगलवार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सक्रिय राजतन्त्रसँग आफूहरु सहमत नरहेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताउनु भयो ।

    उहाँले यसबारे आफूहरुले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि बताउनु भयो । नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भुमिकामा राजसंस्था रहने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘धेरै साथीहरुले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ । यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु ।

    नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भुमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ । सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो । यो चेतना जगाउने ठाउँ हो ।’

    उहाँले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने बताउनु भयो ।