२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

फुलकन्ट्याक्ट करातेको विकासका लागि छलफल

मंगलवार , मंसिर २३, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २३ मंसिर । रुपन्देहीको भैरहवामा फुलकन्ट्याक्ट करातेको विकास तथा विस्तार गर्नका लागि छलफल भएको छ । सोमबार रुपन्देही जिल्ला फुलकन्ट्याक्ट कराते संघको आयोजनामा छलफल कार्यक्रम भएको हो ।

    संघका जिल्ला अध्यक्ष सुरज ढकालको अध्यक्षता, नेपाल फुलकन्ट्याक्ट कराते महासंघको केन्द्रीय उपाध्यक्ष एवं प्रदेश खेलकुद परिषद, लुम्बिनी प्रदेशको बोर्ड सदस्य कल्पना आचार्यको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश फुलकन्ट्याक्ट कराते महासंघ तदर्थ समिति संयोजक सिहान करुणानिधि त्रिपाठीको विशेष उपस्थितिमा छलफल भएको हो ।

    छलफलले लुम्बिनी प्रदेश फुलकन्ट्याक्ट कराते महासंघको अधिवेशनका लागि सुजित यादव र अनुप श्रेष्ठलाई रुपन्देही जिल्लाबाट प्रतिनिधिमा छनौट गर्ने निर्णय गरेको छ ।

    त्यस्तै सोही कार्यक्रममा नेपाल फुलकन्ट्याक्ट कराते महासंघको केन्द्रीय उपाध्यक्ष कल्पना आचार्यलाई स्वागत तथा बधाई ज्ञापन गरिएको रुपन्देही जिल्ला फुलकन्ट्याक्ट कराते संघका अध्यक्ष सुरज ढकालले बताउनुभयो ।

    WhatsApp Image 2025-12-08 at 8.46.12 PM.jpeg

    अध्यक्ष ढकालका अनुसार संघका उपस्थिति सदस्यहरुले उठाएका विविध विषयहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने तथा आवश्यकताका अनुसार जुनसुकै बेला बैठक बस्ने सर्वसम्मतिमा निर्णय पारित गरिएको छ ।