सोमवार , मंसिर २२, २०८२
भैरहवा, २२ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगरको आयोजनामा सोमबार भैरहवामा ‘प्याब्सन सिद्धार्थनगर अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता–२०८२’ सम्पन्न भएको थियो ।
प्रतियोगितामा मुनलाइट सेकेण्डरी स्कूल प्रथम, सन शाइन आवासीय माध्यमिक विद्यालय द्वितीय, काशी नोबल एकेडेमी तृतीय तथा आदर्श विद्या मन्दिर र पश्चिमाञ्चल इङलिस हाई स्कूल सान्त्वना भएको कार्यक्रम संयोजक श्याम पाठकले बताउनुभयो ।
विजयी विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिक, उपाध्यक्ष राजेन्द्र घिमिरे, कोषाध्यक्ष दिपेन्द्र मल्लिक, निकेश देव हटुवाल, टीकाराम भट्टराई, अनिल कुमार ज्ञवाली, राजु शर्मा ढकालले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयहरु जिल्लास्तरीय लोक नृत्य प्रतियोगिताको लागि छनौट भएका छन् ।
नेपाल बहुभाषिक, बहुजाती, बहुसाँस्कृतिक देश भएकोले हरेक संस्कृतिलाई संरक्षण, र प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले बताउनुभयो । यो प्रतियोगितामा नगरभित्रका ११ वटा विद्यालयको सहभागीता रहेको अध्यक्ष मल्लिकले जानकारी दिनुभयो ।
नेपाली कला र लोक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्नका लागि प्याब्सन केन्द्रले आयोजना गरेको प्रतियोगितामा यहाँबाट उत्कृष्ट ३ वटा टीम जिल्ला तहमा र जिल्लाबाट प्रदेश हँुदै केन्द्र तहमा प्रतिष्पर्धा गर्ने उहाँले बताउनुभयो ।
प्रत्येक वर्ष संस्थाले लोक नृत्य प्रतियोगिता गर्दै आएको र यस वर्ष यो चौथो संस्करणको प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक निकेश देव हटुवालले जानकारी दिनुभयो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, स प्याब्सनका पूर्व वरिष्ठ उपाध्यक्ष डा.ज्ञानदेव हटुवाल लगायतले बोल्दै नेपाली समाजमा विस्तारै पश्चिमी संस्कृतिको प्रवेशले यहाको लोक संस्कृतिमा असर परेकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै लोक संस्कृतिको संरक्षण्, सम्वद्र्धन विद्यालय स्तरबाट गर्न जरुरी रहेको बताउनुभयो । उहाँहरुले संस्थाले निरन्तर गर्दे आएको लोक नृत्य प्रतियोगिताले संसकृतिको जर्गेना मात्रै नभइ यसले विद्यार्थीहरुमा लोक, संस्कृतिप्रति आकर्षण बढ्ने, विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने बताउनुभयो ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीको विशिष्ट आतिथ्यता, प्याब्सनका पूर्व वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार डा. ज्ञानदेव हटुवालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगितामा निर्णायको भूमिकामा अनु रजक र श्री थापा रहनुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij