२०८२, मंसिर २२ गते

Dec 08 2025 | २०८२, मंसिर २२ गते

सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ : अध्यक्ष मगर

सोमवार , मंसिर २२, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • काठमाडौं, २२ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताउनुभएको छ । 

    सोमवार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने बताउनु भयो । उहाँले जेन–जी मुभमेण्टले नेपालमा नयाँ आयाम थपेको बताउनु भयो । भ्रष्टाचार मौलाए बेथिति बढ्ने र बेथिति भए मानव अधिकार ओझेलमा पर्ने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘जेनजी मुभमेण्टको कुराहरु पनि छ । यसमा पनि हो । जेनजी मुभमेण्टले एउटा नयाँ आयाम थपेको छ । एउटा शिक्षा यहाँबाट लिनुपर्छ । सुशासन कायम गर्नुपर्छ । भ्रष्टाचार निर्मूल गर्नुपर्छ ।

    भ्रष्टाचार निर्मूल हुनसक्छ, सक्दैन ? त्यो आफ्नो ठाउँम होला । भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । सुशासन नभएसम्म, सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ । भ्रष्टाचार मौलाए बेथिति हुन्छ । बेथिति भए मानव अधिकार ओझेलमा पर्दछ । सुशासन कायम गर्न सक्नुपर्छ ।’

    अध्यक्ष मगरले संविधानबाट छुवाछुत मुक्त भइसके पनि समुदाय र व्यवहारमा अझै हुन नसकेको बताउनु भयो ।