२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

१८ औं राष्ट्रिय निर्माण दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन

सोमवार , मंसिर २२, २०८२

  • 910
    Shares
  • 910
    Shares
  • भैरहवा, २२ मंसिर । १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा रुपन्देहीको भैरहवामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवास्थित कार्यालय परिसरमा उक्त कार्यक्रम गरेको अध्यक्ष मन्जु भुसालले बताउनुभयो ।

    अध्यक्ष भुसालको अध्यक्षता, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको विशिष्ट आतिथ्यता, निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण भुसाल, उपाध्यक्ष सहदेव ख्डका, कोषाध्यक्ष त्रिभुवन दत्त मिश्र, लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका सल्लाहकार तथा पूर्वअध्यक्षहरु छेदीलाल श्रीवास्तव, दामोदर शर्मा घिमिरे, बलराम शर्मा, मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि रायमाझी र विशिष्ट अतिथि अधिकारीले मुलुकको विकासमा निर्माण व्यवसायीको भूमिकाबारे चर्चा गर्नुभयो । उहाँहरुले निर्माण दिवसको शुभकामना दिदै यस क्षेत्रमा देखिएका समस्या समाधान हुनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रम संयोजक तथा लुम्बिनी निर्माण व्यवसायी संघका कार्यसमिति सदस्य शुभम रौनियारको स्वागत तथा संघका महासचिव प्रितम रौनियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।