२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

आइतवार , मंसिर २१, २०८२

  • 922
    Shares
  • 922
    Shares
  • भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गराईएको छ । गत हप्ता १२ औं अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत शिवहरी अधिकारीले पदस्थापन गराउनु भयो ।  

    पदस्थापन कार्यक्रममा बोल्दै नेपाल ईटा उद्योगी व्यवसायि महासंघका केन्द्रिय सचिव रमेश खनालले ईटा व्यसायलाई प्रबिधि मैत्री बनाउदै थप व्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले पर्यावरण जोगाउदै उद्योग सञ्चालन गर्नु पर्ने उल्लेख गर्दै बिकसित प्रबिधि अनुसार एदोगी व्यवसायि पनि अगाडि बढ्नु पर्ने बताउनु भयो । 

    महासंघका सल्लाहकार हरी अधिकारी, संघको लुम्बिनी प्रदेश सल्लाहकार टंकनाथ पराजुली, निर्वतमान अध्यक्ष अजय गुप्ता, वर्तमान बरिष्ठ उपाध्यक्ष अजय अधिकारी लगाएतले बोल्दै सस्थागत बिकासमा एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । 

    नवनिर्वाचित सुनिल कुमार सिन्धीले ईटा उद्योगका क्षेत्रमा देखिने गरी काम गर्ने बताउनु भयो । उहाँले ईटा उद्योगलाई कसरी प्रबिधिसंग जोडेर पर्यावरण मैत्री बनाउन सकिन्छ भन्ने बिषयमा आफु र आफ्नो टिम गंभिर भएर लाग्ने उल्लेख गर्नु भयो । 

    यी हुन निर्वाचित पदाधिकारी तथा सदस्यहरु 
    लुम्बिनी ईटा उद्योग व्यवसायि संघकोे अध्यक्षमा सुनिल कुमार सिन्धी निर्वाचित हुनु भएको छ । अध्यक्ष पदमा भएको निर्वाचनमा अजयकुमार गुप्ता र सिन्धीवीच प्रतिष्पर्धा भएकोमा दुवै जनाको मत बराबरी आएको थियो । गोलाप्रथाबाट अध्यक्षमा सिन्धी निर्वाचित हुनु भएको थियो । अन्य पदाधिकारी र सदस्यहरु भने निर्विरोध निर्वाचित हुनु भएको छ ।

    संघको बरिष्ठ उपाध्यक्षमा अजय अधिकारी, प्रथम उपाध्यक्षमा मिनबहादुर पुन, द्धितिय उपाध्यक्षमा दीपक पौडेल निर्वाचित हुनु भएको छ । त्यसैगरी महासचिवमा बाबुराम पाठक, सचिवमा चक्रपाणि तिवारी र कोषाध्यक्षमा विक्रमरत्न बज्राचार्य निर्वाचित हुनु भएको छ । 

    सदस्यहरुमा मुक्ति बस्याल, पियुस आश्वानी, गुलावचन्द्र गुप्ता, सुरेन्द्र बरई, पुर्णवासी गुप्ता, धनपति पौडेल, दीपक कुमार सिन्धी, सागर सिन्धी, विकास मिश्र, राजकुमार सिन्धी र लेखा समिति संयोजकमा सुरजमान श्रेष्ठ निर्वाचित हुनु भएको छ ।