२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

‘विद्यार्थीहरुको मन जित्न सफल अनेरास्ववियु’

सोमवार , बैशाख १३, २०७८

भैरहवा, १३ वैशाख ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विद्यार्थीहरुको मन जित्न सफल भएको विद्यार्थी नेताहरुले दावी गरेका छन् । अनेरास्ववियु कुनै पनि संगठन भन्दा तल नरहेको उनीहरुको भनाइ छ ।

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीले सोमबार भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना तथा भित्तेपात्रो विमोचन कार्यक्रममा नेताहरुले अनेरास्ववियु एक नम्बर संगठनको रुपमा रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला सदस्य तथा जिल्ला विद्यार्थी सह–इञ्चार्ज उमा अधिकारीले अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस सक्रिय र सशक्त रुपमा अगाडी बढेको बताइन् । उनले कोभिड–१९ को बेला विद्यार्थी नेताहरुको भूमिका अझै बढेको बताइन् । विगतमा अनेरास्ववियुले नै विद्यार्थीहरुलाई बस भाडामा छुट गराउन आवाज उठाएको बताइन् । विद्यार्थीहरुको हकहितको लागि संगठनले निरन्तर आवाज उठाएको उनको भनाइ छ ।

नेकपा एमाले सिद्धार्थनगर सचिव तथा सिद्धार्थनगर विद्यार्थी इञ्चार्ज चक्र बहादुर थापाले विगतदेखि नै अनेरास्ववियुले भित्तेपात्रो प्रकाशन गर्दै आएको बताए । उनले कोभिड–१९ रोकथामको लागि संगठनले विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले अनेरास्ववियुबाट अन्य विद्यार्थी संगठनले राम्रा कुराहरु सिक्ने अवसर पाएको बताए । उनले विषम परिस्थितिमा पनि भित्तेपात्रो प्रकाशन गर्न सफल भएको बताए ।

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले विद्यार्थीहरुको हकहितको लागि अनेरास्ववियुले निरन्तर काम गर्दै आएको बताए ।

अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य के. एल. पाण्डेको स्वागत तथा अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका सचिव आशिष पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।