२०८२, मंसिर २१ गते

Dec 07 2025 | २०८२, मंसिर २१ गते

जसपाको लुम्बिनी प्रदेश समिति पुनर्गठन, अध्यक्षमा पठान

आइतवार , मंसिर २१, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • रुपन्देही, २१ मंसिर । अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ। शनिबार कपिलवस्तुको चन्द्रौटामा सम्पन्न पुनर्गठन कार्यक्रमले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

    प्रदेश समितिको उपाध्यक्षमा नेत्र बहादुर थापा, मोहम्मद अस्लम अन्सारी र लालिमा मल्ललाई चयन गरिएको छ । त्यसै गरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र, सचिवमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद जुनेद कादरी चयन हुनुभएको छ।

    त्यस्तै प्रदेश सदस्यहरुमा राजिव बर्मा, तरन्नम बानु ढपाली, सावित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर खान, अमोद तिवारी, अनिल जयसवाल, नदीम इदरिसी, नसिम पठान, मोसिम कमल, मोहम्मद अनिकुर रहमान, शिर बहादुर बुढा, बिन कुमार बुढा, रमजान अली, दीपक गुप्ता, कृष्ण गुप्ता, इरफान अली, राकेश कुर्मी, महनाज खान, इन्द्र बहादुर गेलाङ, कविता मुखिया, कलामुद्दीन खान, राजेन्द्र विक, राजकुमार गाह, सिर्जना भण्डारी, तुलसादेवी श्रेष्ठ लगायत रहनुभएको छ ।

    भेलालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा पूर्व शिक्षामन्त्री अशोक कुमार राईले मुलुक दलहरुबीचको भागबण्डाको राजनीतिले थिलोथिलो भएको बताउनुभयो । उहाँले भागबण्डाको राजनीति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार र घुसखोरीको दुष्चक्रबाट देशलाई उकास्नु नै अबको राजनीतिक कार्यभार भएको बताउनुभयो । उहाँले जनता समाजवादी पार्टीले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा दीगो राजनीतिक निकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने माग पार्टीको स्थापनाकालदेखि नै उठाउँदै आएको बताउनुभयो ।

    IMG_9076.jpeg

    त्यस्तै पार्टीका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले जसपाले विचार तथा एजेण्डा मिल्ने पार्टीहरुसँग बृहत मोर्चा निर्माण गर्दै आसपमा सहकार्य गरेर निर्वाचनमा बताउनुभयो । उहाँले निर्वाचनबाट श्रेष्ठता हासिल गरी आफ्ना एजेण्डाहरु लागू गर्ने लक्ष्य लिएको बताउनुभयो ।

    भेलामा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं लुम्बिनी प्रदेश इञ्चार्ज मनिकर कार्कीले समाजमा विद्यमान आर्थिक एवं सामाजिक विभेदको अन्त्य गर्दै आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्ययोजनाहरु लागू गर्ने जसपाको राजनीतिक ध्येय रहेको बताउनुभयो । त्यसका लागि पार्टीले जनमुखी संगठन निर्माणमा जोड दिनुपर्ने उहाँले धारणा राख्नुभयो ।

    त्यस्तै कार्यकारिणी समिति सदस्य अख्तर हुसैन फारुकी, पार्टीका लुम्बिनी प्रदेश सह–इञ्चार्ज नबिन कुमार सुनुवार, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भण्डारीलाल अहिर, केन्द्रीय सदस्य अकरम पठान, अमर बहादुर खड्का, नेत्र बहादुर थापा, तरन्नम बानु, खिक बहादुर बुढालगायतले बोल्दै संकटको बेला पार्टीको विचार र सिद्धान्तको रक्षा गर्दै संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।