२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

म्यानमारका ९२ वर्षीय बौद्ध धर्मगुरुको सिद्धार्थनगर सिटी हस्पिटलमा डायलासिस

बुधवार , मंसिर १०, २०८२

  • 925
    Shares
  • 925
    Shares
  • भैरहवा, १० मंसिर । म्यानमारका बौद्ध धर्मगुरु (भिक्षु)ले लुम्बिनीरोड, भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा मृगौलाको डायलासिस सेवा लिनुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउनुभएका बेला उहाँले अस्पतालमा उक्त सेवा लिनुभएको हो ।

    धम्मदायद ध्यान केन्द्रको प्राविधिक सहयोगमा म्यानमारका ९२ वर्षीय भिक्षु पा–औक सागाडाउसहितको टोली लुम्बिनी आएको थियो । १४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म लुम्बिनी भ्रमणका क्रममा भिक्षुको नियमित डायलासिस गर्नुपर्ने र उहाँको स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी डायलासिस गरिएको अस्पतालले जनाएको छ ।

    अस्पतालमा रहेको विदेशी पाहुनाहरुका लागि छुट्याइएको ‘इन्टरनेशनल युनिट’ मा डायलासिस सेवा प्रदान गरिएको थियो । विदेशी बिरामीहरुलाई उपचारमा सहजताका लागि छुट्टै युनिट सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

    लुम्बिनीमा २० हजार सालका विरुवा रोप्ने उद्देश्यले ९२ वर्षीया भिक्षु सागाडाउ दोस्रोपटक नेपाल आउनुभएको थियो । दुईपटक लुम्बिनी यात्राका क्रममा भिक्षुको पाँचौपटक डायलासिस सेवा प्रदान गरिएको हो । सिद्धार्थनगर सिटी अस्पताल प्रा.लि.को सेवाबाट भिक्षुले खुशी व्यक्त गरेको उहाँका अनुयायीले बताउनुभएको हो । उपचारपश्चात भिक्षु म्यानमार फर्किनुभएको छ । 

    भिक्षुको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अस्पतालले इन्टरनेशनल युनिटमार्फत उच्चस्तरीय सेवा प्रदान गरिएको जनाएको छ । नेपाली नागरिकलाई प्रत्येक दिन डायलासिस सेवा प्रदान गर्दै आएको अस्पतालले संक्रमणरहित डायलासिस सेवा स्वदेशी तथा विदेशीलाई पारिवारिक वातावरणमा प्रदान गर्ने भएकाले लुम्बिनी भ्रमणमा आएका प्रत्येक नागरिकलाई डायलासिस मात्रै नभइ सबै खालका सेवा प्रदान गर्न तत्पर रहेको अस्पतालको भनाइ छ ।