२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

सिद्धार्थनगर–४ वडाकपको उपाधि भवानीपथलाई

बुधवार , मंसिर १०, २०८२

  • 4
    Shares
  • 4
    Shares
  • भैरहवा, १० मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयद्वारा भैरहवामा आयोजित चौथो वडाअध्यक्ष टेनिस बल क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि भवानीपथ टोलले जितेको छ । सोमबार भएको फाइनल खेलमा दोगहरा वारियर्सलाई पराजित गर्दै भवानीपथले उपाधि हात पारेको हो ।

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गरेको भवानीपथले ९४ रनको योगफल बनायो । जवाफमा दोगहरा वारियर्सले सम्पूर्ण विकेट गुमाउँदै ८७ रनमै सीमित भइ १ विकेटले पराजित हुन पुग्यो ।
    बलिङतर्फ भवानीपथ टोलका देवनारायण थारुले ३ विकेट लिनुभयो । उहाँ म्यान अफ द म्याच घोषित हुनुभयो । दोगहरा वारियर्सका गणेश धोबीले ९ विकेट लिई बेस्ट बलर तथा प्लेयर अफ द सिरिज बन्न सफल हुनुभयो।

    प्रतियोगिताको विजेता टीमले ४१ रुपैयाँ र ट्रफी पुरस्कार पाएको छ । उपविजेतामा चित्त बुझाएको दोगहराले ३१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।

    588467024_4125836581011602_9148702271766370611_n.jpg

    खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले क्रिकेट खेल सम्भावना बोकेको खेल भएको बताउनुभयो ।नगर प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले वडा कप क्रिकेट प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।