२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

लुम्बिनी प्रदेशमा तस्करी मौलायो : मुख्यमन्त्री आचार्य

मंगलवार , मंसिर ९, २०८२

  • 244
    Shares
  • 244
    Shares
  • भैरहवा, ९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश भित्र तस्करी मौलाएको बताउनुभएको छ । भैरहवामा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय शुरक्षा गोष्ठिीलाई सम्बोधन गर्दै उहाँले प्रदेशभित्र तस्करी मौलाउँदा व्यापक रुपमा राजस्व चुहावट भइरहेको बताउनुभएको हो । 

    गृहमन्त्री ओमप्रकाश अर्यालसहित १२ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुकाबीच मुख्यमन्त्री आर्चायले लुम्बिनी प्रदेशमा रहेका भन्सार कार्यालयहरुबाट दिनदहाडै ट्रकका ट्रक अवैध रुपमा सामान भित्रिने गरेको बताउनुभयो । 

    ‘नेपाल–भारत सीमा क्षेत्रका भन्सारहरूमा राजस्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराउन चाहन्छु’, उहाँले भन्नुभयो– ‘अहिले पनि मिलेमतोमा भन्सार छली गरेर सामान भित्राइन्छ । यसको नियन्त्रण कसले गर्ने हो ? यसबारेमा हामी गम्भीर छौं कि छैनौं ? 

    ट्राफिक प्रहरीले चेकजाँचको नाममा सास्ती दिने गरेको भन्दै उहाँले ट्राफिक चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । पर्यटकहरूलाई अनावश्यक झन्झट दिन नहुने उहाँको भनाइ छ ।

    उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सबै निकाय मिलेर काम गर्नु बताउँदै त्यसको सुरुवात आफूले गरेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गतेको घटनाको यर्थाथ छानबीन गर्नुपर्ने बताउँदै सुरक्षाको पूर्ण प्रत्याभूति नभए दलहरु निर्वाचनमा जान नसक्ने बताउनुभयो ।