२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

अमेरिका र युक्रेनद्वारा जेनेभा वार्तामा परिष्कृत शान्ति ढाँचाको मस्यौदा तयार

मंगलवार , मंसिर ९, २०८२

  • 232
    Shares
  • 232
    Shares
  • काठमाडौं, ९ मंसिर । ह्वाइट हाउसले स्विट्जरल्याण्डको जेनेभामा भएको वार्ताका क्रममा संयुक्त राज्य अमेरिका र युक्रेनले अपडेट गरिएको र परिष्कृत शान्ति ढाँचाको मस्यौदा तयार पारेको बताएको छ ।

    ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार आगामी दिनहरूमा संयुक्त प्रश्तावहरूमा काम जारी राख्न दुवै पक्ष सहमत भएका छन् । यस ढाँचा अन्तर्गत अन्तिम निर्णय युक्रेन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरूले गर्नेछन् ।

    विज्ञप्तिमा युक्रेनले संयुक्त राज्य अमेरिका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेको पनि उल्लेख छ । यसअघि ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा युक्रेनमाथि आलोचना गर्दै आफ्ना नेताहरूलाई कृतज्ञ नभएको आरोप लगाएका थिए ।

    ह्वाइट हाउसले युक्रेन संकट अन्त्य गर्न २८–बुँदे योजनामा सम्झौताको लागि जोड दिँदै गर्दा संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका प्रतिनिधिहरू जेनेभामा भेटेका थिए ।