२०८२, मंसिर ५ गते

Nov 21 2025 | २०८२, मंसिर ५ गते

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा शान्ति समाज रुपन्देहीद्वारा प्रदर्शन

शुक्रवार , मंसिर ५, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • बुटवल, ५ मंसिर । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बिहीबार बुटवलमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । शान्ति समाजले विद्यालयलाइ शान्ति क्षेत्र घोषणा,  बालबालिकालाई राजनीति दुरुपयोग र जुलुसमा सहभागी नगराउन, उनीहरुको उज्ज्वल भविष्यको लागि हिंसामुक्त समाज सुनिश्चित गर्न सबै संवेदनशील हुनुपर्नेमा जोड दिएको छ । साथै शिक्षा क्षेत्रमा हुने राजनीतिकरण अन्त्य हुनुपर्ने तथा शैक्षिक प्रतिष्ठानमा आगजनी र तोडफोड गर्नेलाइ दण्डित गर्नुपर्ने माग गरेको छ ।

    प्रमुख वक्ता शान्ति समाजका पूर्व केन्द्रिय सभापति गोविन्द खनालले  समाजका सरोकारवाला क्षेत्रहरु अझै पनि बालबालिकामैत्री वातावरण हुन नसकेको चिन्ता व्यक्त गर्नुभयो । उहाँले अविलम्ब बालबालिकाको स्वास्थ्य, शिक्षा, उज्ज्वल भविष्य, क्षमता विकासको प्रबन्ध गर्नुपर्ने औल्याउनुभयो ।

    समाजका केन्द्रिय सचिव डिपि खनालले बाल सुधार गृहमा अनुगमन गर्दा  सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । उच्च अदालत बुटवल इजलास बार एशोसिएसन अध्यक्ष गोबिन्द मरासिनीले  बालबालिकाले कानूनी प्रबन्ध गरेको अधिकार अनिवार्य उपभोग गर्न पाउनुपर्ने बताउनुभयो ।

    रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले दिगो लोकतन्त्रले मात्र बालबालिकाको अधिकार सुनिश्चित हुने बताउनुभयो । उहाँले व्यवसायिक र औद्योगिक वातावरणको लागि शान्ति पहिलो शर्त भएको उल्लेख गर्नुभयो ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले  मानवअधिकार, स्वतन्त्रता र बालबालिकाको लागि शान्ति समाजको साथमा रहेको बताउनुभयो । शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले भोलिका देश निर्माताहरु आजका बालबालिका भएकोले तिनीहरुको गास, बास, कपास, शिक्षा, संस्कार, सद्भाव, स्वास्थ्यको सुनिश्चितता आजको आवश्यकता रहेको उल्लेख्य गर्नुभयो ।

    received_814995298176601.jpeg

    शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवाली, स्वागत उपसभापति कृष्ण पाण्डे तथा सह–सचिव अर्जुन कुवरको सञ्चालनमा भएको कार्यक्रममा पूर्व सभापति, पूर्व पदाधिकारी, कार्यसमिति, आजीवन सदस्य, साधारण सदस्य, नागरिक अगुवा, अभियन्ता र सञ्चारकर्मीको उपस्थिति थियो ।