२०८२, मंसिर ४ गते

Nov 20 2025 | २०८२, मंसिर ४ गते

अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ : विमलेन्द्र निधी

बिहिवार , मंसिर ४, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताउनुभएको छ।

     नेपाल महिला संघले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको भन्दै निर्वाचन पटि मात्र महाधिवेशन गर्नुपर्ने बताउनु भयो ।

    उहाँले अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि बैशाखमा गरौँ । र त्यसैको तयारीमा हामी सबै लागौं ।’ 

    पछिल्लो समय काँग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रिय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।