२०८२, मंसिर ४ गते

Nov 20 2025 | २०८२, मंसिर ४ गते

एमाले सचिवालय बैठक शुरु

बिहिवार , मंसिर ४, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौं, ४ मंसिर । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । 

    बिहीवार दिउँसोबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक शुरु भएको हो । बैठकमा सरकारका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी, राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ ।

    नेकपा एमालेले संसद पुनःस्थापनाको विषय अगाडि बढाएको छ । त्यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ । साथै बारामा एमाले नेताहरुलाई जान रोकिएको विषयबारे पनि छलफल हुनेछ ।

    पार्टी केन्द्रिय कार्यालय च्यासलमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्ने गरेको थियो ।