२०८२, मंसिर ४ गते

Nov 20 2025 | २०८२, मंसिर ४ गते

साउदी युवराज अमेरिका भ्रमणमा

बिहिवार , मंसिर ४, २०८२

  • 247
    Shares
  • 247
    Shares
  • काठमाडौं, ४ मंसिर । साउदी युवराज मोहम्मद बिन सलमान अल साउदले प्यालेस्टिनी राज्यको स्पष्ट मार्ग बिना रियादले इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण नगर्ने बताउनुभएको छ ।

    ह्वाइट हाउसको भ्रमणको क्रममा राजकुमार साउदले यस्तो बताउनुभएको हो । उहाँले संयुक्त राज्य अमेरिकामा १ ट्रिलियन अमेरिकी डलरको लगानीको पनि प्रतिवद्धता जनाउनु भयो ।

    आफूहरु अब्राहम सम्झौताको हिस्सा बन्न चाहने पनि बताउनु भयो । तर दुई–राज्य समाधानको लागि स्पष्ट मार्ग सुरक्षित गर्न पनि चाहेको स्पष्ट पार्नुभयो ।

    आफ्नो पहिलो कार्यकालमा मूल अब्राहम सम्झौतामा मध्यस्थता गर्ने ट्रम्पले बारम्बार भन्नुभएको छ की साउदी अरब चाँडै अमेरिका समर्थित ढाँचामा सामेल हुनेछ ।

    ह्वाइट हाउसमा मोहम्मदले संयुक्त राज्य अमेरिकामा साउदी अरेबियाको योजनावद्ध लगानी १ ट्रिलियन डलरमा पु¥याउने प्रतिवद्धता गर्नुभयो । जुन मे महिनामा ट्रम्पको रियाद भ्रमणको क्रममा घोषणा गरिएको ६०० अर्ब डलरबाट बढेर १ ट्रिलियन डलर हुनेछ ।