२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

कोरोना बिशेष अस्पतालमा आगलागी हुँदा २३ जनाको मृत्यु दर्जनौं घाईते

आइतवार , बैशाख १२, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल, १२ बैशाख।

    इराकको राजधानी बग्दादस्थित एक कोरोना बिशेष अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ भने दर्जनौं घाईते भएका छन्। महामारीका रुपमा फैलिईरहेको कोरोना भाइरसबाट संक्रमित बिरामीहरूको उपचार गरिने बग्दादस्थित एवन खातिव हस्पिटलमा गएराति आगलागी हुँदा कयौं हताहती भएको अस्पताल प्रशासनले जनाएको छ।

    समाचार एजेन्सीहरूका  अनुसार अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको र सयौं मानिसहरु आगलागिबाट बाँच्न अस्पताल भित्रबाट बिरामीसमेत बाहिर हतारिँदै भागेका थिए। सामाजिक संजालमा राखिएका भिडियोहरूमा अग्निनियन्त्रकहरू आगो निभाउन संघर्ष गरिरहेको देख्न सकिन्छ  भने बाहिर भागेका बिरामीलाई कसरी ब्यबस्थापन गर्ने भन्नेमा अस्पताल प्रशासन चिन्तित रहेको जनाइएको छ।

    यसैबिच इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले कोरोना अस्पतालमा भएको  आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। अहिले स्थानिय प्रशासनले प्रारम्भिक अनुसन्धान शुरु गरिसकेको छ भने स्वास्थ्य मन्त्रालयबाट खटिएको प्राबिधिक सहितको टोलीले गहन र तिब्र अध्ययनका लागि दु्रत कार्यबिधि तयार गर्दै छ।