बिहिवार , मंसिर ४, २०८२
काठमाडौं, ४ मंसिर । योनहाप समाचार एजेन्सीकाअनुसार बुधवार २६७ जना सवार यात्रुवाहक पानी जहाज पश्चिमी दक्षिण कोरियाको तटीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
स्थानीय समयअनुसार साँझ ८ः१७ बजे तटीय सुरक्षाकर्मीलाई खबर गरिएको थियो । २४६ यात्रु र २१ जना चालक दलका सदस्यहरूसहितको डुङ्गा राजधानी सियोलबाट लगभग ३१० किलोमिटर दक्षिणपश्चिममा रहेको सिनान काउन्टीको टापु नजिकै पानीमा दुर्घटनाग्रस्त भएको थियो ।
दक्षिणी रिसोर्ट टापु जेजुबाट निस्केको डुङ्गा दक्षिणपश्चिमी बन्दरगाह शहर मोक्पो जाँदै थियो । टापु नजिक पुग्दा जहाज डुबेको चट्टानमा ठोक्किएको अनुमान छ । घटनास्थलमा गस्ती डुङ्गाहरू पठाएको तटीय सुरक्षाकर्मीले कुनै हताहत नभएको अनुमान गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij