२०८२, चैत्र २४ गते

Apr 07 2026 | २०८२, चैत्र २४ गते

सातौं लुम्बिनी महोत्सव : औद्योगिक जनचेतना र्‍यालीमा मुनलाइट प्रथम

बिहिवार , मंसिर ४, २०८२

  • 976
    Shares
  • 976
    Shares
  • भैरहवा, ४ मंसिर । चेम्बर अफ कमर्श रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनमा बुधबारदेखि भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो ।

    ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सुरु भएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ ।

    महोत्सवको उद्घाटनअघि औद्योगिक जनचेतना ¥यालीमा निकालिएको थियो । भैरहवाको देवकाटोचोकदेखि सुरु भएको ¥याली बैंकरोड, मिलनचोक, विद्रोहीचोक, नारायणपथ, बुद्धचोक हुँदै अञ्चलपुर (महोत्सवस्थल) मा पुगेर समापन भएको थियो ।

    र्यालीमा मूनलाइट आवासीय माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै जेसीज बोर्डिङ सेकेण्डरी स्कूल द्वितीय र रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको र्याली मूल्यांकन समिति संयोजक तथा चेम्बर अफ कमर्श, रुपन्देहीका पूर्वअध्यक्ष खिम बहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार बृहस्पति माध्यमिक विद्यालय र ब्राईट स्टार इङ्लिस बोर्डिङ स्कूलले सान्त्वना स्थान हासिल गरेका छन् । र्यालीमा उत्कृष्टलाई महोत्सव समापनका दिन मंसिर २१ गते आयोजना हुने समारोहमा पुरस्कार प्रदान गरिने बताउनुभयो ।

    र्यालीमा २१ विद्यालय र १५ वटा संघ–संस्थाहरुको सहभागीता थियो । र्याली मूल्यांकन समितिको सदस्यमा चेम्बर अफ कमर्श, रुपन्देहीका सल्लाहकार ज्ञानु पौड्याल र जगत बहादुर रायमाझी रहनुभएको थियो ।