२०८२, मंसिर ४ गते

Nov 20 2025 | २०८२, मंसिर ४ गते

मर्चवारी गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन

बुधवार , मंसिर ३, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा,, ३ मंसिर । नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २ गतेको बैठकले रुपन्देहीस्थित मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका कायम गर्ने निर्णय गरेको छ । त्यस्तै गाउँपालिकाको केन्द्र वडा नम्बर ३, रायपुरबाट परिवर्तन गरी वडा नम्बर ४ खैरा कायम गरिएको छ ।

    मन्त्रिपरिषद्को निर्णय नम्बर २४ मा उल्लेख छ, ‘मर्चवारी गाउँपालिका, रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र वडा नं. ३ रायपुरबाट परिवर्तन गरी वडा नं. ४ खैरा कायम गर्ने ।’

    मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईका अनुसार हाल केन्द्र रहेको वडा नम्बर ३ मा भवन निर्माणका लागि आवश्यक जग्गा नहुँदा गाउँपालिकाको प्रशासनिक भवन निर्माण प्रक्रिया रोकिएको थियो । उहाँले वडा नम्बर ४ मा जग्गा उपलब्ध भए पनि केन्द्र नहुँदा भवन निर्माण अघि बढ्न नसकेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो–‘म गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको नाम परिवर्तन र प्रशासनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न निरन्तर प्रयासरत थिएँ । अब निर्णय आएपछि भवन निर्माणको बाटो खुलेको छ । हाल गाउँपालिकाको भवन भाडामा सञ्चालन हुँदै आएको छ । मर्चवारी गाउँपालिकामा ७ वटा वडाहरु छन् ।