२०८२, मंसिर ३ गते

Nov 19 2025 | २०८२, मंसिर ३ गते

सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढ्यो

बुधवार , मंसिर ३, २०८२

  • 220
    Shares
  • 220
    Shares
  • काठमाडौं, ३ मंसिर । बुधवार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवार २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    महासंघकाअनुसार चाँदीको मूल्यमा समेत उच्च वृद्धि भएको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँले बढेर ३ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । मंगलवार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।