२०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण शुरू

बुधवार , मंसिर ३, २०८२

  • 946
    Shares
  • 946
    Shares
  • काठमाडौं, ३ मंसिर । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलवारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण शुरू गरिएको छ ।

    महिला सशक्तिकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै शुरु गरिएको १५ दिने आवासीय तालिममा देशका विभिन्न भागबाट छनोट भएका २८ महिलाको सहभागिता छ ।

    बोर्डको सहकार्यमा नेपाल माउण्टेन एकेडेमीले सञ्चालन गर्दै आएको यस तालिमले सहभागीहरूलाई पदमार्गको प्राविधिक ज्ञान, सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण तथा पेशागत सेवाको गुणस्तरीय अभ्यास सम्बन्धी सीप प्रदान गर्ने लक्ष्य राखेको छ।

    उद्घाटन समारोहमा उपस्थित सोलुखुम्बु जिल्ला समन्वय अधिकारी चन्द्रसिंह श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका प्रशासन प्रमुख तुक्ति शेर्पा, वडा नम्बर–७ का वडाध्यक्ष सोनाम शेर्पा, वडा सदस्य बलकाजी कार्की तथा नम्बर व्यावसायिक तालिम केन्द्रका प्रिन्सिपल लाक्पा रिन्जी शेर्पाले महिलाको पर्यटन क्षेत्रप्रति बढ्दो आकर्षणले नेपालको हिमाली पर्यटनलाई अझ सुरक्षित, विश्वसनीय र समावेशी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।