२०८२, मंसिर २ गते

Nov 18 2025 | २०८२, मंसिर २ गते

दिवंगत पत्रकार रजककी श्रीमतीलाई रोजगारी दिँदै मन्त्री खरेल

मंगलवार , मंसिर २, २०८२

  • 46
    Shares
  • 46
    Shares
  • काठमाडौं, २ मंसिर । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत वर्षको चैत १५ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न पहल गर्ने बताउनुभएको छ । 

    मंगलवार मन्त्रालयमा स्व. रजककी श्रीमती सूजन मगियालाई सरकारको तर्फबाट रोजगारी दिँदै यस्तो घोषणा गर्नुभएको हो । उहाँले सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गर्नुपर्ने आफ्नो माग रहेको र सोहीअनुसार प्रक्रिया अघि बढाउने बताउनु भयो ।

    सूजनलाई सरकारको तर्फबाट सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ । यदी सूजनले अध्ययन गर्न चाहेको खण्डमा कुनैपनि क्याम्पसमा अध्ययनका लागि सरकार र आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनका क्रममा भिडियो कैद गर्ने क्रममा ज्यान गएको थियो ।

    उहाँले भन्नुभयो, ‘सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ । यो कानूनसम्मत हिसावले मन्त्रालयबाट नियुक्त गरिएको हो । उहाँको चाहनाअनुसार थोरै भएपनि राहत दिनसक्छ की भन्ने हो । 

    यसबाट जागिरको शुरुवात हुन्छ, जागिर नविकरण हुँदै जान्छ । सूजन बहिनीले पढ्न चाहनुभयो भने कुनैपनि विषयमा अध्ययन गर्ने चाहना छ भने सम्बन्धित कलेजमा पढाइदिन छात्रावृत्ति, छुट र सजिलोसँग पढ्ने वातावरण मिलाउने मेरो चाहना छ ।

    तपाईंले कुनै कलेजमा अध्ययन गर्ने चाहना छ भने म मेरो व्यक्तिगत र सरकारको तर्फबाट पनि बहिनीलाई सहयोग गर्नेछु । सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गरिनुपर्छ । सरकारको मन्त्रीको हिसावले यो प्रक्रिया बढाउन म प्रतिवद्ध छु ।’

    स्व. पत्रकार रजकको शालिक बनाउने प्रक्रिया पनि सरकारले अध्ययन गरिरहेको र यसबारेमा सरकारले निर्णय गर्ने बताउनु भयो । सुरेकोमात्रै छानविन गर्ने घटना नभएको भन्दै घटनाको अन्य सबै कुराहरुको बारेमा अध्ययन हुनुपर्ने बताउनु भयो ।