२०८२, मंसिर १ गते

Nov 17 2025 | २०८२, मंसिर १ गते

सर्वोच्चमा जलेका मुद्दाका कागजात बुझाउने प्रक्रिया शुरु

सोमवार , मंसिर १, २०८२

  • 208
    Shares
  • 208
    Shares
  • काठमाडौं, १ मंसिर । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी तथा तोडफोडपछि अवरुद्ध बनेका सबै सेवा शुरु भएका छन् ।

    गत कात्तिक २० गते बसेको सर्वोच्चको अदातको फुल कोर्टले मंसिर १ गतेदेखि सबै सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सोमबारदेखी सेवा सुचारु भएको हो ।

    सेवा सञ्चालनको लागि सर्वोच्चमा जलेका मुद्दाका कागजात सेवाग्राहीले बुझाउने प्रक्रिया शुरु गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार सेवाग्राही आउने बित्तिकै उहाहरुको मुद्दा जलेको छ कि छैन भन्ने जानकारी सोधपुछ कक्षमै उपलब्ध गराइनेछ । जलेको भएमा सेवाग्राहीसंग भएका आवश्यक कागजात लिने उहाँले जानकारी दिनुभयो ।

    जलेको फाइल पहिचान गर्ने र सम्बन्धित शाखामा कागजात बुझाउनको लागि सर्वोच्च अदालतमा पालको टेण्ड राखेर व्यवस्था मिलाइएको छ । मुद्दाका आवश्यक कागजात बुझाउन अदालतले एक महिनाको समय दिएको पाण्डेले जानकारी दिनुभयो ।

    सेवाग्राहीसँग भएका प्रमाण–कागज संकलन गरी मुद्दा पुनस्र्थापनाको प्रक्रिया सहज बनाउने उहाँको भनाई छ । उहाँले मुद्दाका आवश्यक कागजात बुझाउने सेवाग्राहीलाई धन्यवाद स्वरुप प्रमाणपत्र उपलब्ध गराउने गरिएको पनि जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामीले सर्वप्रथम आज जो सेवाग्राही आउनुहुन्छ, हामीलो सोधपुछमा मुद्दा जलेको छ कि छैन भन्न थाहा पाउनुहुन्छ । हामीले कर्मचारीहरु खटाएका छौँ उहाँहरुले हेर्दिनुहुन्छ ।

    मुद्दा जलेको छ भने कुन कुन शाखामा हो, हामीले पालको व्यवस्था गरेका छौँ, त्यो पालमा गएर चाहीँ आफ्नो मुद्दाको फाईलहरु बुझाउन सक्नुहुन्छ । फैसला भईसकेको मुद्दा छ भने फैसला लेख्न बाँकी भएको अवस्था हो भने त्यो अवस्थामा पनि फैसलाको लागि आवश्यक भएका डकुमेन्ट दिने गरेर हामीले यहाँ व्यवस्थापन गरेका छोँ ।

    एक महिनाको समय दिइएको छ । आफ्ना भएका कागजात पेश गर्नको लागी आजबाट शुरु भयो । यसलाई नियमित रुपमा अझै सुधार गरेर हामी सेवाग्राहीसंग उहाँसंग भएको प्रमाण कागज लिने प्रयत्न गरिरहेका छौँ ।’

    सेवाग्राहीको सहजीकरणको लागी अदातमा रहेको चार वटा टे«ड युनियनले छुट्टै आ–आफ्नो संगठनबाट ४÷५ जना स्वयंसेवकहरु समेत खटाईदिएको उहाँले बताउनु भयो । सवोच्च अदालतले सेवाग्राहीसँग आफूसँग भएका मुद्दाका फाईलहरु उपलब्ध गराउन आग्रह समेत गरेको छ ।