२०८२, मंसिर १ गते

Nov 17 2025 | २०८२, मंसिर १ गते

लुम्बिनी प्रदेशका सभामुखले हटाए ‘स्वकीय सचिवालय’

सोमवार , मंसिर १, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • भैरहवा, १ मंसिर । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले आफ्नो ‘स्वकीय सचिवालय’ विघटन गर्नभएको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) बमोजिम सभामुखलाई प्राप्त निजी सचिवालय र स्वकीय कर्मचारी सुविधा हटाइएको सभामुख घर्तीमगरद्वारा आइतबार जारी गरिएको सूचनामा उल्लेख छ ।

    ‘देशको विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै नयाँ परिस्थितिको अर्को निर्णय नहुँदासम्मको लागि हाल बहाल रहेको मेरो स्वकीय सचिवालय २०८२ मंसिर १ गतेदेखि लागू हुने गरी विघटन गरेको व्यवहोरा सबैमा जानकारी गराउँदछु, ’सूचनामा भनिएको छ ।