२०८२, मंसिर १ गते

Nov 17 2025 | २०८२, मंसिर १ गते

बौद्ध हाजिरीजवाफमा सैनिक महाविद्यालयलाई उपाधि

सोमवार , मंसिर १, २०८२

  • 247
    Shares
  • 247
    Shares
  • लुम्बिनी, १ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा जिल्लास्तरीय बौद्ध हाजिरीजवाफ प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालय बुटवलले प्राप्त गरेको छ । २४ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा महाविद्यालयले उपाधिसँगै नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । बुटवलको न्यू होराईजनले द्वितीय हुँदै १५ हजार पुरस्कार प्राप्त गरेको छ । 

    त्यस्तै बुटवलको ग्रार्गी एकेडेमीले तृतीय स्थान प्राप्त गरेको छ । त्यसै गरी लुम्बिनी शिक्षा निकेतनले सान्वत्वना स्थान प्राप्त गर्याे । तृतीय र सान्त्वना स्थान प्राप्त विद्यालयले क्रमशः १० र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

    विजेता टीमलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यबाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त रजिष्टार प्रा.डा. गितु गिरी, डिन डा माणिकरत्न शाक्यले पुरस्कार प्रदान गर्नुभयो ।
    बौद्ध शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा बौद्ध शिक्षामा रहेर प्रश्नहरू सोधिएको बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।

    विद्यालय तहबाटै बुद्ध शिक्षाको ज्ञान बढाउनका लागि विश्वविद्यालयले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो । यसले विद्यालय तहबाट नैतिकवान जनशक्ति विकास हुने अपेक्षा गरिएको छ । मंसिर १४ गते रहेको २० औं वार्षिकोत्सव विश्वविद्यालयले साताव्यापी कार्यक्रम गरी मनाउँदैछ ।