२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

निःशुल्क मधुमेह परीक्षण कार्यक्रम सम्पन्न

आइतवार , कार्तिक ३०, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ३० कार्तिक । लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडिजको आयोजनामा शनिबार भैरहवामा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भएको छ । विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रममा १ सय जनाले मधुमेह परीक्षण गराएका थिए । 

    सिद्धार्थनगर नगरपालिका–७ स्थित भैरहवागाउँमा भएको कार्यक्रममा लुम्बिनी डाइग्नोष्टिक एण्ड प्याथ ल्याब भैरहवाले प्राविधिक सहयोग गरेको थियो । 

    kkk.jpg

    लायन्स नोबल लेडिजका अध्यक्ष ममता घिमिरेको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका सकेण्ड भाईस डिष्ट्रिक गभर्नर मीना पन्थीको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, सदस्य सुष्मा प्रधान, जिएसटी कोओर्डिनेटर अमित गुप्ता, रिजन चेयरपर्सन अरुण पन्थी, जोन चेयरपर्सन भोजराज बस्याल, बिनु न्यौपाने, कुमुद त्रिपाठी, अनिता पोखरेल, टोल सुधार समिति भैरहवा गाउँका अध्यक्ष ठाकुर अधिकारी, काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरे, समाजसेवी बसन्त कुमार लाल कर्ण, सुरेन्द्र प्रधान लगायतको आतिथ्यता रहेको थियो । प्रतिभा सुवेदीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन मनु गुरुङले गर्नुभएको थियो ।