२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

श्रीलंकन साहित्यकारहरुलाई पाठक मञ्चद्वारा स्वागत, सातबुँदे समझदारी

शनिवार , कार्तिक २९, २०८२

  • 976
    Shares
  • 976
    Shares
  • बुटवल, २९ कार्तिक । श्रीलंकाली साहित्यकारहरुको टोलीलाई पाठक मञ्च बुटवलले शनिबार स्वागत गरेको छ । मञ्चले श्रीलंकाली साहित्यकारहरुलाई रुपन्देहीको तिलोत्तमामा नेपाल श्रीलंका साँस्कृतिक सहकार्य विषयमा छलफल गर्दै स्वागत गरेको हो । 

    उक्त अवसरमा पाठक मञ्चले श्रीलंकाली साहित्यकि संस्था सबुद्धिसँग साहित्यिक साँस्कृतिक आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै देशको साहित्यिक साँस्कृतिक तथा बौद्धिक कला आदान–प्रदान गर्न र दुई देशबीच सहकार्यको वातावरण बनाउन दुई संस्थाबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो । 

    sahitya news 2.jpeg

    श्रीलंकाली साहित्यिक संस्था सबुद्धिका तर्फबाट डा. थमिरा मञ्जु र पाठक मञ्च बुटवलका तर्फबाट माधव गौतमले समझदारी–पत्रमा हस्ताक्षर गर्नुभएको हो । सातबुँदे समझदारीमा साहित्यिक साँस्कृतिक गतिविधिको आदानप्रदानसँगै सृजनाहरुको अनुवादसम्म गर्न सक्ने प्रावधान राखिएको छ ।

    समझदारीअघि आयोजित कार्यक्रममा नेपालकातर्फबाट विभिन्न क्षेत्रका साहित्यकार तथा विद्वानहरुले श्रीलंकन साहित्यकारहरुलाई स्वागत गर्दैै नेपालको वर्तमान साहित्यको अवस्थाबारे समेत जानकारी गराइएको थियो ।

    कार्यक्रममा नेपालकातर्फबाट साहित्यकार दील साहनी, श्रीलंकन साहित्यकारहरु अनुराश्री, मलिक थुइठले कविता वाचन गरेका थिए । त्यस्तै नेपाल श्रीलंकाको साहित्य सम्बन्ध र वर्तमान नेपालको साहित्यबारे पाठक मञ्चकातर्फबाट सरिता श्रीस, माधव प्रसाद पौडेल, कृष्ण पाण्डेयले बोल्नुभएको थियो ।

    त्यस्तै कार्यक्रममा श्रीलंकन साहित्यकार डा. क्रिल प्रेमनायके, डा. अमरसिरी बिक्रमराथ्ने, रेडियन्ट कलेजका अनन्त पाण्डे, मनोज भुसाल, प्राध्यापक शंकर भण्डारी लगायतले साहित्यकारहरुलाई नेपालमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

    स्वागत कार्यक्रममा वरिष्ठ साहित्यकार जंगबहादुर शाह, डा. मुरारी पराजुली, प्राध्यापक डा. बाबुराम ज्ञवाली, साहित्यकार वनमाली निराकार, रुद्र ज्ञवाली, अध्येता रामचन्द्र श्रेष्ठ, रमेश पाण्डेय, इन्दिरा अर्याल, दीपक विश्वकर्मा, ज्ञानु केसी लगायतको उपस्थिति थियो । भारत हुँदै नेपाल आएको श्रीलंकन साहित्यकारहरुको टोली शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा बास बसेको थियो ।

    शनिबार तिलोत्तमा कार्यक्रमपश्चात बुटवल भ्रमण गरी पोखरातर्फ प्रस्थान गरेको पाठक मञ्च बुटवलका संयोजक माधव गौतमले जानकारी दिनुभयो ।