शनिवार , कार्तिक २९, २०८२
भैरहवा, २९ कार्तिक । रियल ड्रीम्स एजुकेशनल कन्सलटेन्सीको सातौं शाखा रुपन्देहीको भैरहवामा शुभारम्भ भएको छ । भैरहवाको नारायणपथ (लक्ष्मी सन्राइज बैंक भएको भवनमा) शाखाको शुभारम्भ गरिएको हो ।
शुक्रबार भैरहवा शाखाको नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष पाण्डेले रियल ड्रीम्सले भविष्यमा अझै धेरै शाखाहरु सुचारु गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भैरहवा शाखाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै रियल ड्रीम्स एजुकेशनल कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्त नेपालले सन् २००३ देखि सुरु भएको यो कन्सलटेन्सी ‘ईथिक्स’ मा काम गर्ने संस्था भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुका लागि परामर्श जीवनमा महत्वपूर्ण कुरा हो भन्ने मान्यताका साथ अघि बढेको बताउनुभयो ।
‘शुभारम्भ कार्यक्रममा उपस्थिति हुनुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दछु, यहाँहरुको प्रोत्साहन, उत्प्रेरणा, सल्लाह–सुझावले गर्दा नै हामी यहाँसम्म आइपुगेका छौंं, ’उहाँले भन्नुभयो । आगामी दिनमा पनि कन्सलटेन्सीले साथ र सहयोगको अपेक्षा राखेको नेपालले बताउनुभयो ।
सञ्चालक मनिष ढकालका अनुसार रियल ड्रीम्स एजुकेशनल कन्सलटेन्सीको शाखा काठमाडौं, बुटवल, पोखरा, लण्डन र सिण्डनीमा छन् । कन्सलटेन्सीले आईएलट्स, पीटीई लगायत कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीहरुलाई विशेष गरी युके र अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई परामर्श दिदै जाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij