२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

स्काउट–खड्का ल्याण्ड विवादमा काँग्रेस नेता दीपक खड्काको स्पष्टिकरण

शुक्रवार , कार्तिक २८, २०८२

  • 718
    Shares
  • 718
    Shares
  • काठमाडौं, २८ कार्तिक । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्ट कम्पनीको विवाद कानूनी हिसावले आफूसँग नजोडिएको स्पष्टिकरण दिनुभएको छ ।

    शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आर्थिक हिसावले चरम अभाव झेलिरहेको तत्कालीन अवस्थामा सबै संरचनाहरु आफूले सम्हालेको भएपनि चार वर्ष अगाडि नै कम्मपनीबाट आफू अलग भएको दाबी गर्नुभयो ।

    उहाँले स्काउटलाई जग्गाको भाडा नियमित रुपमा तिर्दै आएको भएपनि आफूलाई  तत्कालीन अवस्थादेखि  नै राजनीतिक पूर्वाग्रह राखेर निकाल्न खोजिएको कारण चार वर्ष अगाडी नै आफ्नो नामको शेयर स्वामित्व बेचेर बाहिरिएको बताउनु भयो ।

    खड्का ल्याण्ड आफूले स्थापना गरेको र नामसँग मिल्दोजुल्दो भएकै कारण आफूलाई जोड्ने गरिएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो । 

    उहाँले भन्नुभयो, ‘जतिबेला स्काउट आर्थिक हिसाबले चरम अभावमा थियो त्यतिबेला बनेका संरचनाहरु सम्हाल्नको लागि मलाई खोजेर ल्याएर जिम्मा लाएको हो । त्यतिबेला पनि मैले टेण्डर प्रक्रियामार्फत भाडा तिर्दै आएको हो ।

    त्यो प्रक्रिया नियमित भइरहेको अवस्थामा पछि राजनीतिक पूर्वाग्रहका कारणले त्यहाँबाट निकाल्न खोजियो । म किन निस्कने भन्दाखेरी बत्ति काटियो । त्यो सबै काम राजनीतिक पूर्वाग्रहको कारणले भएको थियो कुनै लेनदेनको हिसाबले थिएन ।

    पछि कोरोनाको प्रकोप आयो । त्यस समयमा सबैले छुट पाए । त्यो कम्पनीले छुट पाएन । त्यसको भाडा विवाद थियो केही अझैसम्म पनि छ । यी सबैकुरा पनि म आजभन्दा चार वर्ष अगाडि त्यो कम्पनीबाट अलग भएर त्यहाँको सबै कुरा मिलाएर गरी खानुस भने कम्पनीका अरु साथिहरु लाई जिम्मा लगाएर हिँडेको हो ।

    खड्का ल्याण्ड कम्पनीसँग मेरो कुनै सलग्नता नै छैन । त्यतिखेर मैले स्थापित गरेको र मेरो नामसँग सम्बन्धीत विषय भएको कारण मान्छेहरुले त्यसमा मलाई जोडिरहेको अवस्था हो ।’

    काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा नेता खड्का संलग्न कम्पनीले  निर्माण गरेका संरचनामा काठमाडौं महानगरपालिकाले बिहीवार डोजर लगाएर भत्काएको थियो ।

    खड्काले  स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको भएपनि लामो समयदेखि भाडा नतिरेको भन्दै महानगरले डोजर चलाएको हो ।