२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

विज्ञहरु भन्छन् : नेपालमा दलतन्त्र हाबी हुँदा पत्रकारिता अपहेलित भयो

शुक्रवार , कार्तिक २८, २०८२

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौं, २८ कार्तिक ।  विज्ञहरुले मुलुकको पत्रकारितामा दलतन्त्र हाबी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

    नेपाल पत्रका महासंघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य, वरिष्ठ पत्रकार किशोर नेपाललगायतका वक्ताहरुले पत्रकारहरु आफैँले सामाजिक सञ्जाललाई मिडिया भनिदिँदा उनीहरुको बिगबिगी हुने अवस्था आएको धारणा समेत राखेका छन् ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारहरु आफैँले सामाजिक सञ्जाललाई सञ्चारमाध्यम हो भनिदिँदा पत्रकारिता क्षेत्र कमजोर भयो भन्ने टिप्पणी आउने गरेको बताउनु भयो ।

    उहाँले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले पत्रकारिताको नाममा ल्याइएको विसंगतिको सामना गरिरहनु परेको बताउनु भयो । प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता क्षेत्रलाई कमजोर हुन नदिन पत्रकारहरु आफैँ जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनु भयो । 

    उहाँले भन्नुभयो,‘हामीले सोसल मिडिया भन्ने टर्मिनोलोजी डेभलवट ग¥यौ नि । मलाई लाग्दैन कि –सोसल मिडियो कहीँ छ । सोसल नेटवर्क हो, सोसल साईट हो ।

    तर सोसल मिडिया हामी आफैले भनिदिँदा ए तिमीहरु त मिडियो होइन रहेछौं, मिडिया त यो पो रहेछ भन्ने भ्रम जनमानसमा पुगेको छ भन्ने मलाई लाग्छ । मिडियाका आफना् प्रिन्सिपलहरु छन नि । मिडियामा गेटकिपर रोल हुन्छ नि ।

    सोसल मिडियाहरुमा तपाईले त्यो रोल देख्नुभएको छ ? हामी जोर्नालिष्टहरुको कुरा गरिराखेका छौ कि जेनेरालिष्टहरुको कुरा गरिराखेका छौं ? एउटा सामान्य नागरिकले कहीँ आफ्नो ओपनियन राख्यो भने त्यसलाई हामीले समाचार भन्न थाल्यौं ।

    त्यो समाचार हो ? त्यसले सत्यतथ्यको परिक्षण गरेको छ ? त्यसको कतै जवाफदेहिता छ ? त्यो त देखिदैन । तर हामीले के भन्यौ भने सबै त्यही नै पत्रकारिता हो भनेर बुझ्न थाल्यौं । र, हामी आफैले आफैलाई कमजोर आँक्यौं । परिणाम स्वरुप हामीलाई पनि लाग्न थाल्यो–बर्बाद नै भईसक्यो, पत्रकारिता भन्ने त बाँकि नै रहेन ।

    तपाई हामी जो यो हलमा छौ । पदीय हिसावले मात्रै होइन, पत्रकारिताका हिसावले पनि जिम्मेवार साथीहरु यहाँ छौं । हामीले यो ढंगबाट बहस चलाउन थाल्यौ भने हामी पत्रकार रहन्छौं भन्ने लाग्दैन । बरु हामीले हाम्रा फोरमहरुमा मिडियाहरुमा नै यो बहस चलाउनु प¥यो ।

    आज पत्रकारितामाथि प्रश्न उठाउनेहरुलाई जवाफ दिन सक्नुप¥यो हामीले कि यो पत्रकारिताले ल्याएको विसंगति होइन । पत्रकारिताको नाममा ल्याइएको विसंगति हो । यसलाई चिर्न हामी समक्ष छौं । र सत्य यो हो भनेर जानु प¥यो ।’

    वरिष्ठ पत्रकार नेपालले दलहरु हावी हुँदा नेपाल पत्रकार महासंघको  नेतृत्व समेत उनीहरुले नै निर्वाचित गर्ने अवस्था आएको उल्लेख गर्नुभयो । दलले पत्रकार महासंघको नेतृत्व चयन गर्ने अवस्था आएकाले पत्रकारहरु अपहेलित हुने अवस्था पुगेको उहाँको निष्कर्ष थियो । वरिष्ठ पत्रकार नेपालले मिडिया हाउसहरुलाई व्यापारको भाडा बन्न नदिने कुरामा पनि नेपालको मिडिया सचेत हुनुपर्ने बताउनु भयो । 

    उहाँले भन्नुभयो,‘हामी यति नेतामुखि भयौ । हाम्रो पत्रकार महासंघले पत्रकारहरुले आफ्नो नेता चुन्दैनन् अचेल । अचेल दलका नेताहरुले हाम्रो नेता चुन्छन । डोमिनेट गर्दछन । हामी उनीहरुबाट डोमिनेटेड भयौैँ ।

    स्वतन्त्र पेशा भन्ने, स्वतन्त्र पत्रकारिताको नारा दिने, अनि दलको निर्देशन नेपाली काँग्रेस, एमाले, फलानोतिलानो, माओवादी । सबको निर्देशन लिएर काम गर्ने भनेपछि कसरी हामी इन्डिपेन्डेण्ट बलियो हुनसक्छौँ ? संसारभर इन्टरनेटको प्रभाव जहाँ पनि छ ।

    भारतमा पनि धेरै छ । इभन चाइनामा पनि हुन लागिसक्यो । उनीहरुले टिकटक नै निकालिदियो । त्यसकारण इन्टरनेटको प्रभाव हो । हामीले यो सँग जुध्न सकेनौ भन्ने साथीहरुलाई म के भन्छु भने अनुसन्धान बाटो खोज्नुभयो भने धेरै कुराहरु छन् ।

    इन्टरनेटको प्रयोग गरेर अहिले तपाईहरुले अनलाईन मिडिया चलाई राख्नुभएको छ । त्यसलाई व्यापारको भाँडो बन्न नदिनुस् न । त्यसलाई पत्रकारितको निष्पक्षता जोगाई राख्नुस् न ।’ 

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालको पत्रकारिता क्षेत्रमा देखिएको संकट समाधानका लागि राष्ट्रिय बहसलाई अघि बढाउन लागिएको बताउनु भयो ।