२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

ग्रेस इन्टरनेशनलद्वारा विद्यालयलाई सहयोग

बिहिवार , कार्तिक २७, २०८२

  • 196
    Shares
  • 196
    Shares
  • बुटवल, २७ कार्तिक । विद्यार्थीहरुलाई अध्ययनका लागि विदेश पठाउँदै आएको कन्सलटेन्सी ग्रेस इन्टरनेशनल बुटवल, रुपन्देहीले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । वार्षिकोत्सवको अवसरमा कन्सलटेन्सीले पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित रुपा प्राविमा पुगेर आर्थिक तथा शैक्षिक सहयोग गरेको छ । 

    बिहीबार विद्यालयमा एक कार्यक्रमकाबीच ग्रेसले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न जना शिक्षकलाई निजी कोटाबाट राख्ने निर्णय गर्दै शिक्षकलाई दिइने पारिश्रमिक व्यहोर्ने घोषणा गरेको छ । वडाअध्यक्ष यादव प्रसाद अर्यालको रोहबरमा ग्रेस बुटवलका म्यानेजिङ डाईरेक्टर ईश्वर भट्टराई र बिवद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश थापाबीच सम्झौता गरेको हो । 

    8f62f557-55c2-4d6c-8c3c-90d228f0babb.jpeg

    सो अवसरमा विद्यालयलाई एकथान कम्प्युटर सेट, विद्यार्थीहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको हो । सो अवसरमा बोल्दै वडाअध्यक्ष अर्यालले विद्यालयको विकासमा धेरै प्रयास गरे पनि विद्यार्थी संख्या थोरै नहुँदा सोचेअनुरुप लगानी भित्र्याउन नसकिएको बताउनुभयो ।

    ग्रेस बुटवलका म्यानेजिङ डाइरेक्टर भट्टराईले नुवाकोट क्षेत्रलाई अझै व्यवस्थित बनाउँदै यस क्षेत्रमा बस्ती वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रकृतिको काखमा रहेको यस विद्यालयमा बुटवल क्षेत्रबाट विद्यार्थी संकलन गरेर नुवाकोटको रुपा प्राविमा अध्यापनको व्यवस्था गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

    ग्रेस बुटवलका सञ्चालक सविता सापकोटा भट्टराईले बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउनको लागि ग्रेसले सानो सहयोग गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश थापाले विद्यालय सञ्चाजन गर्न धेरै सहयोगीदाताहरु आउने गरेको बताउँदै विद्यार्थी बढाउने कार्यमा लागिपरेको बताउनुभयो ।

    सो अवसरमा एक्जुकेटिभ म्यानेजर कपिल काफ्ले, अपरेशन हेड बाबुराम पराजुली, विद्यालयका प्रध्यानाध्यापक प्रेम पौडल लगायतले बोल्नुभएको थियो ।

    यसैबीच विद्यालयमा धार्मिक युवाहरुको संस्था रुद्र गणले पनि सहयोग गरेको छ । रुद्र गणले विद्यालयलाई ईलेक्ट्रिकल फिल्टर हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष कमल सापकोटाको नेतृत्वमा पुगेको टीमले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।