२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

गृहमन्त्रीलाई सुदनले भने : जेन–जीका माग पूरा गर्दैनन् बरु कानुन मन्त्रालयतिर जाने हो कि !

बिहिवार , कार्तिक २७, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • काठमाडौं, २७ कार्तिक । जेन–जी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताउनुभएको छ । 

    बिहीवार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताउनुभएको हो । उहाँले आफ्ना मागहरु पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाईतेका मागहरु पूरा हुनुपर्ने बताउनु भयो । सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेन जी आन्दोलनले न्याय पाउनुपर्ने माग गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो ।

    अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ । हाम्रा प्रतिवद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँले न्याय दिने आशा छैन ।’

    उहाँले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाउनु भयो । हरेक नेपालीहरु देश बनाउन आउनुपर्ने बताउनु भयो ।