२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

जर्जियामा टर्कीको सैन्य कार्गो विमान दुर्घटनाग्रस्त

बुधवार , कार्तिक २६, २०८२

  • 214
    Shares
  • 214
    Shares
  • काठमाडौं,  २६ कार्तिक । अजरबैजानबाट टर्कीका लागि उडान गरिरहेको टर्कीको वायुसेना सि–१३० सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त भएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले मंगलवार जनाएको छ ।

    मन्त्रालयले जर्जियाली अधिकारीहरूसँगको समन्वयमा खोज र उद्धार कार्य शुरु गरिएको उल्लेख गरेको छ । दुर्घटनाको कारण अझै खुलाइएको छैन । विमानमा कति चालक दलका सदस्यहरू थिए भन्ने कुरा स्पष्ट थिएन ।

    अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनद्वारा निर्मित सि–१३० सन् १९६४ देखि टर्कीको वायुसेना बेडाको हिस्सा रहेको छ । टर्कीले हाल १९ वटा सि–१३०इ र सि–१३०सब हर्कुलस विमान सञ्चालन गर्दछ ।

    अक्टोबरमा, रक्षा मन्त्रालयले आफ्नो हवाई लिफ्ट क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राख्दै बेलायतबाट १२ वटा थप सि–१३० जे सुपर हर्कुलस सैन्य यातायात विमान प्राप्त गर्ने योजना घोषणा ग¥यो ।