मंगलवार , कार्तिक २५, २०८२
भैरहवा, २५ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयले गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरेको छ । सोमबार वडा कार्यालयमा आयोजित कार्यक्रममा २१ जनालाई पौष्टिक आहार वितरण गरिएको वडाअध्यक्ष उज्जवल पोखरेलले बताउनुभयो ।
सो अवसरमा बोल्दै पोखरेलले यो कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । वर्षमा तीनपटक पौष्टिक वितरण कार्यक्रम हुँदै आएको उहाँले बताउनुभयो । उहाँले व्यक्तिगत घटना दर्ता समयमै गराउन आग्रह गर्नुभयो । ‘जन्म, विवाह लगायत व्यक्तिगत घटना दर्ता घटना भएको ३५ दिनभित्रै गराउन म सबैलाई आग्रह गर्दछु, ’उहाँले भन्नुभयो । समयमै घटना दर्ता गराउने परिवारका लागि वडा कार्यालयले प्रोत्साहनस्वरुप कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
महिला स्वास्थ्य स्वयंसेविका अमिता श्रेष्ठको स्वागत तथा वडा सचिव विनोद कुमार कर्णको सञ्चालनमा भएको कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख जानुका जि.सी., मिन बहादुर गुरुङ, असर्फी हरिजन लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij