२०८२, पौष ८ गते

Dec 23 2025 | २०८२, पौष ८ गते

शान्ति समाज रुपन्देहीको २६ औं साधारणसभा सम्पन्न

शनिवार , कार्तिक २२, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • बुटवल, २२ कार्तिक । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देही शाखाको २६ औं  साधारणसभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न साधारणसभामा बोल्दै प्रमुख वक्ता शान्ति समाजका पूर्व केन्द्रिय सभापति गोविन्द खनालले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते कलिला बालबालिकाहरुको बर्बर हत्या तथा २४ गते व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, कुटपिटको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । 

    उहाँले घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुयो । उहाँले फागुन २१ मा निर्वाचन हुनेमा विश्वस्त हुने आधार अझै निर्माण हुन नसकेको भन्दै समयमै निर्वाचन सम्पन्न गरी नेपाललाई अध्यारो सुरुङभित्र जानदबाट बचाउनुपर्नेमा जोड दिनुभयो ।

    साधारणसभाका प्रयवेक्षक शान्ति समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले शान्ति समाजले देश, काल परिस्थितिको विश्लेषण गरेर राजनैतिक दल र नेतृत्व समयमै सच्चिन गरेको पटकपटक गरेको आग्रहलाई लत्याउँदा देशमा अकल्पनीय घटना घटेको बताउनुभयो ।

    नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेलले मुलुक अझै पनि सजिलो अवस्थामा नरहेकोले राष्ट्रिय चुनौतीलाई समाधान गर्न शान्ति समाजको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
    शान्ति समाजका केन्द्रिय सचिव डी.पी. खनालले देशको विषम परिस्थितिबाट बाहिर आउन सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले मानवअधिकार उल्लंघन गर्ने र लोकतन्त्र विरोधी तत्वलाई बर्जित गर्नुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय मानवअधिकार आयोगका लुम्बिनी प्रदेशका कार्यालय प्रमुख सन्तोष आचार्यले मानवअधिकारको रक्षाको लागि शान्ति समाजको सक्रियता सराहना गर्दै निरन्तर अभियानमा आयोग साथ सदैव हुने वताउनुभयो।

    नेपाल बार एसोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले आम नागरिकले अधिकारको खोजी मात्र नभइ कर्तव्यको पाठ पनि सिक्नुपर्ने बताउनुभयो ।

    साधारणसभामा शान्ति समाजका केन्द्रिय सदस्य लालहरि पाण्डे, जिल्लाका पूर्व सभापति कृष्ण पराजुली, निवर्तमान सभापति कृष्ण भट्टराई, संस्थापक सभापति महेन्द्र थापा, सुर्खेत सभापति दीपक गौतम, रिपोर्टस क्लब लुम्बिनी अध्यक्ष राम कुमार क्षेत्री, स्वयंसेवी रक्तदाता रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्री, जिल्ला समिति सदस्य सीता पौडेल लगायतले समाजको सक्रियता र सान्दर्भिकता अझै महत्वपूर्ण रहेको बताउनुभयो ।

    समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले देशको वर्तमान परिस्थितिको समाधानको लागि नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चतामा देशका सबै पक्षले ईमानदारीपूर्वक आत्मसात गर्दै सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हिंसात्मक गतिविधि रोक्न तथा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सामाजिक सद्भाव  र सहिष्णुता प्रवद्र्धनमा सबै एक्यवद्ध भइ लाग्नुपर्नेमा जोड दिनुभयो । 

    साधारणसभामा सभापति अर्जुन ज्ञवालीले वर्षभरी सम्पन्न २७ वटा कार्यक्रमको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मोहनीलाल न्यौपानेले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन छलफलपश्चात सर्वसम्मतले पारित भएको थियो ।रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा सचिव लीलाधर लुइटेलको सञ्चालनमा सम्पन्न उक्त साधारणसभामा शान्ति समाजका सदस्यहरु, सञ्चार संस्थाहरु, व्यवसायिक संस्थाहरु, नागरिक संस्थाहरु, नागरिक अगुवा, अभियान्ताहरुको उपस्थिति थियो ।