२०८२, कार्तिक २० गते

Nov 06 2025 | २०८२, कार्तिक २० गते

रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर भन्नेबित्तिकै सबै हुँदैन : भट्टराई

बिहिवार , कार्तिक २०, २०८२

  • 433
    Shares
  • 433
    Shares
  • काठमाडौं, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताउनुभएको छ । 

    काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले राजनीतिमा देश भित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताउनु भयो । ती शक्तिहरुसँग सन्तुलन मिलाएर अघि बढ्दै आफ्ना एजेण्डाहरु लागू गर्नुपर्ने उहाँको भनाई छ ।

    रामराज्य ल्याईदिउँ भन्ने चाहना भएपनि भन्नेबित्तिकै केही नहुने टिप्पणी गर्नुभयो । उहाँले अबको लोकतन्त्र समावेशी र सहभागीयुक्त हुनुपर्ने बताउनु भयो ।

    गणतन्त्रको विकल्प नभएको उल्लेख गर्नुहुँदै उहाँले वंशाणुगत जन्मजात नै कोही राजा हुनुपर्ने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने बताउनु भयो ।

    उहाँले नेपालको संविधानमा वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गिक र जातपातजन्य वर्ण विरोधको अन्त्यगर्नेगरी राज्यको पुनःसंरचना गर्ने भन्ने उल्लेख भएकोले सोहीअनुरुप अगाडी बढ्नुपर्ने बताउनु भयो ।  

    उहाँले भन्नुभयो, ‘राजनीतिमा बढो ख्याल गर्नुस् तपाईहरुले सबै दखेको मात्रै हुँदैन, कही अदृश्य शक्तिहरुले काम गरिरहेका हुन्छन् । त्योसँग तपाईले एकैचोटी शक्ति सन्तुलन मिलाएर लढ्न सक्नुभएन भने झोक उठ्दा त सबैलाई सिध्याईदिउँ क्यारे ।

    अहिले नै रामराज्य ल्याईदिउँ क्यारे भनेजस्तो लाग्छ तपाईलाई । त्यो सपना त बोक्नुपर्छ । तर लडाईँ लड्दाखेरी तपाई हात्तिसँग कुस्ती खेल्नुप¥यो के गर्नुहुन्छ, कुस्ती खेल्न सक्नुहुन्छ तपाई हात्तीसंग लड्दाखेरी ? हात्तिसंग कुस्ती खेल्ने त होईन ।

    हात्तिलाई त जुक्तिले माउतेले जस्तो गरेर अंकुश लगाएर त्यसलाई नियन्त्रण गरे अनि आफ्नो गन्तब्यमा जानुपर्छ । त्यसो भएको हुनाले हामीले त्यो ढंगले चाँही ग¥यौँ । यो मुद्दा पनि संगसंगै सम्बोधन गर्नुपर्छ ।

    अवको लोकतन्त्र, अबको गणतन्त्र, राजतन्त्र फ्याक्ने मात्रै होईन । गणतन्त्र त चाहियो, त्यो वंशानुगत जन्मजात नै कोही चाँही ठुलो हुन्छ, त्यो पनि छोरो नै राजा हुनुपर्ने, निश्चित जातीकै हुनुपर्ने भन्ने त सोझै अलोकतान्त्रिक हो नी त्यो त ।

    त्यो विषय त मध्ययुगिन कुरा थियो, हामी कहाँ पछिसम्म टासिँयो । त्यो त चाहियो चाहियो । संगसंगै लोकतन्त्र पनि अप्रत्यक्ष भोट हाल्ने मात्रै लोकतन्त्र होईन । अथवा पुँजीवादी हाम्रा काँग्रेसहरुले भनेजस्तो लोकतन्त्र पनि पूर्ण हुँदैन ।

    कम्युनिष्टले भन्ने वर्ग मात्रै भनेर अरु कुरा छाडेर वर्गको नाममा आजिवन सत्तामा बसेर वर्गको उत्थानीकरण त हुन्छ त उसको त । त्यसकारण जुन भ्रष्टिकरण भएको थियो, त्यो भन्दा माथी उठेको लोकतन्त्र समावेशी र सहभागीयुक्त लोकतन्त्र चाहिन्छ ।’ 

    जेन–जी अगुवा अमित खनालले नेपालका राजनितक दलहरुको विचारमा परिवर्तन हुन नसकेको बताउनु भयो । माक्र्सबाट लेनिन, लेनिनबाट माओ आउँदै गर्दा केही न केही परिवर्तन भएको भएपनि नेपालमा राजनितिक दलहरुको भने २०६३ सालमा बोकेका एजेण्डा अझै बोकेर हिँडिरहेको बताउनु भयो । 

    जेन–जी अगुवा माजिद अन्सारीले सुरक्षा निकायको भुमिकामाथी प्रश्न उठाउनु भयो । प्रहरीले जेन–जी आन्दोलनका क्रममा लाठी चार्ज गर्नुपर्ने ठाउँमा प्रहरीले गोली चलाएको र राष्टको धरोहर बचाउनुपर्ने ठाउँमा देखा नै नपरेको उहाँको भनाई छ ।

    उहाँले आन्दोलनकारीलाई बदनाम गर्ने चलन बढेको पनि बताउनु भयो । आन्दोलनका क्रममा अराजकता मच्चाउनेलाई कारबाही गर्नुपर्ने भएपनि हाल मधेसी, मुसहर, दलित, जनजातीका अनुहार मात्रै पक्राउ परेको उल्लेख गर्नुभयो ।  

    राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीवार जेनजी अगुवाहरुसँग अन्तरसंवाद कार्यक्रममा गरेको थियो ।