बुधवार , कार्तिक १९, २०८२
भैरहवा, १९ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले १५ लाख बढी अवैध सामान बरामद गरेको छ । कार्तिक १६ र १७ गते जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरी ल्याइएको अन्दाजी मूल्य १५ लाख ७ हजार ३ सय ४० रुपैयाँ बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीको लागि मंगलबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको जानकारी दिनुभयो ।
डीएसपी कार्कीका अनुसार बरामद गरिएका सामानमा घाँसको बिउ, दैनिक उपभोग्य सामानहरु, गाडीको ब्याट्री, लेडिज सुट, साडी, बाथरुममा प्रयोग हुने स्टीलको सामान, रेडबुल, फेयर लब्ली, कुभिण्डो मिठाई, टोपी र टि–सर्ट रहेका छन् । त्यस्तै अवैध सामान ल्याउन प्रयोग गरिएका सवारीसाधन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij