२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

होटल निर्वाणाका सुरक्षा गार्डमाथि गोली प्रहार

मंगलवार , कार्तिक १८, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १८ कार्तिक । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेट अगाडि गोली चलेको छ । गएराति १ बजे गोली चल्दा एकजना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले होटलमा कार्यरत सुरक्षा गार्ड मीन बहादुर परियारमाथि गोली प्रहार भएको जानकारी दिनुभयो । 

    डीएसपी कार्कीका अनुसार गोली लागेर बुटवल उपमहानगरपालिका–१५ निवासी २७ वर्षिय मीन बहादुर सामान्य घाइते हुनुभएको थियो । ‘भैरहवास्थित भीम अस्पतालमा उपचार पश्चात उहाँको डिस्चार्ज भएको छ, ’डीएसपी कार्कीले भन्नुभयो । 

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।