२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

रुपन्देहीमा साढे ३९ लाख बढीको सामान बरामद

सोमवार , कार्तिक १७, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १७ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले साढे ३९ लाख बढीको अवैध सामान बरामद गरेको छ । कार्तिक १२ देखि १५ गतेसम्म जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरी ल्याइएका अन्दाजी मूल्य ३९ लाख ७० हजार १ सय ३० रुपैयाँ बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका नियन्त्रणमा लिइएका सामानहरु आइतबार आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

    नियन्त्रणमा लिइएका सामानमा बलेरो पिकअप, ई–रिक्सा, मोटरसाइकल, ट्रफी (मायाको चिनो), चुरोट, सूट रुमाल, ललिपप मिठाई, दैनिक उपभोग्य किराना सामग्रीहरु, लेडिज टप्स, लेडिज सुट, कष्टमेटिक सामानहरु, आयुर्वेदिक औषधी, पाइन्टको कपडा, रोल सटको कपडा, साडी, लेहङा, कुर्था, टाई लगायत रहेका छन् ।