२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

काँग्रेस कार्यालयमा तालाबन्दी

आइतवार , कार्तिक १६, २०८२

  • 523
    Shares
  • 523
    Shares
  • काठमाडौं, १६ कार्तिक । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसको केन्द्रिय कार्यालयको मूल गेटमा युवा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । 

    आईतवार दिउँसो युवा कार्यकर्ताले सानेपास्थित नेपाली काँग्रेसको केन्द्रिय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् ।

    पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् ।

    उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली काँग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन भएको छ । युवाहरुको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी समेत दिएका छन् ।