२०८२, कार्तिक १४ गते

Oct 31 2025 | २०८२, कार्तिक १४ गते

शुक्रवार सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढ्यो

शुक्रवार , कार्तिक १४, २०८२

  • 661
    Shares
  • 661
    Shares
  • काठमाडौं, १४ कार्तिक । शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ ।

    सुनको मूल्य २ हजार सात सय रुपैयाँले बढेको छ । केही दिन यता लगातार जस्तो घटेको सुनको मूल्य शुक्रवार भने एकै दिन २ हजार सात सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले दिएको जानकारीअनुसार बिहीवार प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रवार बढेर २ लाख ३९ हजार पुगेको छ ।

    महासंघकाअनुसार चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँले कारोबार भएको चाँदी शुक्रवार बढेर ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।