२०८२, कार्तिक १२ गते

Oct 29 2025 | २०८२, कार्तिक १२ गते

डडेलधुराका उपभोक्ता समिति अध्यक्षले १८ लाख भ्रष्टाचार गरेको आरोप

बुधवार , कार्तिक १२, २०८२

  • 286
    Shares
  • 286
    Shares
  • डडेलधुरा, १२ कार्तिक । डडेलधुरा आलिताल गाउँपालिका–३ का कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैले उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    अध्यक्ष मडैले उपर १८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

    मडैलेले उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारले जानकारी दिएको छ ।

    उपभोक्ता समितिको माईन्युटिङ्गको प्रतिलिपि नक्कली तयार गरी समूहका सचिव र कोषाध्यक्षको जानकारी विना चेकमा कीर्ते हस्ताक्षर गरी उक्त चेकको प्रयोग गरी रकम अध्यक्ष मडैलेले आफ्नै नाममा विभिन्न मितिमा सात वटा चेकबाट १८ लाख १५ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।