बुधवार , कार्तिक १२, २०८२
काठमाडौं, १२ कार्तिक । सोमवार राति टर्किएको पश्चिमी प्रान्त बालिकेसिरमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
टर्किएको विपद् तथा आपत्कालीन व्यवस्थापन प्रेसिडेन्सी, विपद् तथा आपत्कालीन व्यवस्थापनको लागि जिम्मेवार राष्ट्रिय निकायले भूकम्प स्थानीय समय अनुसार राति १०ः४८ बजे सिन्दिरगी जिल्लामा गएको बताएको छ ।
भूकम्पपछि बासिन्दाहरू सडकमा आएका थिए । भूकम्पका कारण धेरै भवनहरु भत्किएका छन् । इस्तानबुल, बुर्सा र इज्मिर लगायत नजिकैका प्रान्तहरूमा पनि भूकम्प महशुस गरिएको थियो ।
अगस्टमा सोही जिल्लामा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा एक जनाको मृत्यु भएको थियो र २९ जना घाइते भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij