२०८२, कार्तिक १२ गते

Oct 29 2025 | २०८२, कार्तिक १२ गते

माधव नेपाललाई अध्यक्ष छोड्न रामकुमारीको दबाब

बुधवार , कार्तिक १२, २०८२

  • 262
    Shares
  • 262
    Shares
  • काठमाडौं, १२ कार्तिक । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष पद छाड्न दबाब सिर्जना गर्नुभएको छ ।

    झाँक्रीले सामाजिक सञ्जालमा जेन–जीको भावना अनुरुप नेपाललाई पार्टीको अध्यक्ष छोडेर नयाँ नेतृत्व दिन दबाब दिनुभएको हो । नेतृ झाँक्रीले ५सय ३६ जनालेको समेत समर्थन रहेको भन्दै अध्यक्ष नेपालाई पार्टीको अध्यक्ष पद सम्मानजनक तरिकाकाले हस्तान्तरण गर्न आग्रह गर्नुभयो । 

    ‘नेकपा (एस) भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भुमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषत जने–जी पुस्तालाई उनिहरुको उठान गरेका विषयलाई गठित रुपमा पुरा गर्न हाम्रो पार्टीको झण्डा मुनी गोलवगन्द भएर सम्भव छ ’, झाँक्रीले भन्नुभएको छ ।