२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

रुपन्देहीमा साढे १० लाख बराबरको अवैध सामान बरामद

शनिवार , कार्तिक ८, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ८ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले साढे १० लाख मूल्य बराबरको सामान बरामद गरेको छ । बुधबार र बिहीबार जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका अन्दाजी मूल्य १० लाख ५७ हजार ५ सय बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।

    नियन्त्रणमा लिइएका सामानहरु आवश्यक कारवाहीको लागि शुक्रबार भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।

    प्रहरीले नियन्त्रणमा लिएका सामानमा कोइलर र बोइलर कुखुरा, फूल, भैसी, पाडी, सामान ल्याउन प्रयोग गरिएका मोटरसाइकल र पीकअप गाडी रहेका छन् । त्यस्तै प्रहरीले अवैध रुपमा भन्सार छलेर सामान ल्याउने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिइएका ओमसतिया गाउँपालिका–४ बसन्तपुरका ३२ वर्षिय सराफत अली, भारतको उत्तर प्रदेश जिल्ला महाराजगंज थाना नौतनवा बस्ने ३१ वर्षिय शिव कुमार कोईरी, सोही स्थान बस्ने ४० वर्षिय बब्लु कुशवार र मर्चवारी गाउँपालिका–३ रायपुरका अन्दाजी २८ वर्षिय जगदेव भुजलाई पक्राउ गरी पशु क्वारेन्टाइन कार्यालय र भैरहवा भन्सार कार्यालयमा बुझाइएको डीएसपी कार्कीले बताउनुभयो ।