२०८२, कार्तिक ८ गते

Oct 25 2025 | २०८२, कार्तिक ८ गते

चीनद्वारा जाम्बियामा राहत कार्यक्रमका लागि ३५ लाख अमेरिकी डलर अनुदान

शुक्रवार , कार्तिक ७, २०८२

  • 547
    Shares
  • 547
    Shares
  • काठमाडौं, ७ कार्तिक । चीनले जाम्बियामा खाद्य राहत कार्यक्रमका लागि ३५ लाख अमेरिकी डलर अनुदान सहायता प्रदान गरेको छ ।

    संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा विश्वव्यापी विकास र दक्षिण सहयोग कोषमार्फत चीनद्वारा वित्त पोषित जाम्बिया खाद्य सहायता परियोजनाको उद्घाटन समारोह जाम्बियाको राजधानी लुसाकामा आयोजना गरिएको थियो ।

    परियोजना अन्तर्गत चीनले जाम्बियालाई स्थानीय रूपमा लगभग ५ हजार ६ सय ४१ मेट्रिक टन मकै खरिद गर्न मद्दत गर्न ३५ लाख अमेरिकी डलर प्रदान गरेको थियो । दक्षिणी र पश्चिमी प्रान्तका सबैभन्दा खडेरी प्रभावित जिल्लाहरूमा १ लाख ८८ हजार ५७ लाभार्थीह थिए ।

    लगभग ३७ हजार घरपरिवारलाई तीन महिनामा अन्न वितरण गरिनेछ । जाम्बियाका १ सय १६ जिल्लाहरूमध्ये ८४ जिल्लाहरूमा लगभग ९९ लाख मानिसहरू खडेरीबाट प्रभावित भएका छन् ।